‘कोरोना भाइरसको औषधि तयार हुन सात महिना लाग्छ’
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुनसक्ने बताएका छन्।
‘यसको खोप यो वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ’, उपराष्ट्रपति पेन्सले भने।
अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोप विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ। उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने बताए।
कोरोना भाइरस संक्रमित चार अमेरिकी नागरिकको सोमबार मृत्यु भएको थियो। कोरोनाकै कारण अमेरिकामा छ जनाको ज्यान गएको छ। अमेरिकामा संक्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ। अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ।
सोमबारसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघिसकेको छ। विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना संक्रमित छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण