अज्ञात रोगले गाउँ नै थला, न औषधि, न उपचार
हेल्थ टिभी अनलाइन\ डाेल्पा : त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन्।
मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका स्थानीय सुवास लामाले जानकारी दिए।
‘४५घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्’, उनले भने, ‘एकपछि अर्को गरेर गाँउभरि नै रोग फैलिन लागिसक्यो, औषधि छैन।’
अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन्। गाँउबाट स्वास्थ्यचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था नभएको उनले जानकारी दिए। उक्त रोगबाट ग्रसित बिरामीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गरेको स्थानीयले बताएका छन्।
लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेको अर्का स्थानीय विष्णु बुढाले बताए। ‘एकै घरका नौ जनासम्म बिरामी छन्, दैनिकजसो रोग फैलिँदै छ, औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्’, उनले भने।
लक्षण देखिएका बिरामी गाँउदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिकमा पनि उपचारका लागि आउने गरेका छन्। केही दिनयतादेखि करेलीकाँडा गाँउबाट मात्रै दैनिकजसो उपचार गर्न बिरामी आउने गरेका मनिष मेडिकलका सञ्चालक गोरबहादुर विकले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण