Health TV Online
Health TV Online
Health TV Online

कोरोनाको आशंकामा आज फेरी एक जना टेकु अस्पताल भर्ना

कोरोनाको आशंकामा आज फेरी एक जना टेकु अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन\ काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर ५जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ । रुघाखोकी लागेका यी पाँचैजना कोरोना प्रभावित क्षेत्रबाट आएका हुनाले विशेष निगरानी गरिएको पनि अस्पतालले जनाएको छ ।

शनिबार दुई जना आइतबार दुइ जना र सोमबार एक जना गरी जम्मा ५ जना टेकु अस्पतालमा कोरोनाको आशंकामा अस्पतालमा छन्। सोमबार चीनबाट आएका एक जना चिनियाँ नागरिकमा  रुघाखोकी देखिएपछि उनलाई पनि आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको हो ।

यी मध्ये ४ जना दक्षिण कोरियाबाट आएका नेपाली र एक जना चाइनिज रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए । उनले भने ‘सामान्य रुघाखोकी छ तर उहाँहरु कोरोना प्रभावित देशबाट आएकाले मात्र आइसोलेसनमा राखिएको हो ।’

उनीहरुको कोरोना परीक्षणका लागि नमुना संकलन भइसकेको र भोलिसम्म रिपोर्ट आउने पनि उनले जानकारी दिए । अहिलेसम्म परीक्षण गरिएका मध्ये एक जनामा बाहेक अन्यमा कोरोना भाइरस देखिएको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार