चीनबाट उद्धार गरी ल्याइएका १ सय ७५ जनामै कोरोना देखिएन
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना अति प्रभावित चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा नै कोरोना भाइरस नेगेटिभ देखिएको छ।
गत फागुण ४ गतेदेखि उनीहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको १४ औँ दिन गत शनिबार पुन दोस्रो चरणको परीक्षण गर्दा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
योसँगै उनीहरु आजै क्वारेन्टाइनमुक्त हुनेछन्। चीनबाट ल्याइएका १ सय ७५ जनाकै ल्याएकै दिन पहिलो चरणको कोरोना परीक्षण गर्दा त्यसबेला पनि रिपोर्ट नेगेटिभ नै आएको थियो । उनीहरुलाई लिन गएका चालक दलका १८ जनाको भने हिजो नै नेगेटिभ रिपोर्ट आएपछि घर फर्किसकेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित