स्वास्थ्य मन्त्रालयले भन्यो, धेरै मान्छे भेला हुने कार्यक्रम नगर्नुस्
हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्वभर कोरोना भाइरसको जोखिम बढेसँगै नेपाल सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।
आइतबार पत्रकार सम्मेलन गरी स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गरेका हुन्। सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विभिन्न चरणमा पूर्व तयारी गरिरहेको उनले बताए।
मन्त्री ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिलाई जाँचमा कडाइ गर्ने तयारी गरेको जानकारी दिए। ‘देशबाहिर जाने व्यक्तिलाई जाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको छ’, उनले भने, ‘कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको छ।’
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि सरकारले गरेको पनि मन्त्री ढकालले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित