प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधवार, भोलि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदै
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला बुधवार प्रत्यारोपण गरिने भएको छ। यसका लागि उनी सोमवार अस्पताल भर्ना हुनेछन्।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आइतवार बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गराउन लागेको जानकारी दिएका हुन्।
मिर्गौला प्रत्यारोपणलगायत आफ्नो उपचार योजनाबारे उनले बैठकमा जानकारी दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई बताए।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि उनी अहिले नियमित डाइलायसिस गराइरहेका छन्। दोस्रोपटक प्रत्यारोपण गर्न तयार ओलीलाई दुई नातेदार मिर्गौलादान गर्न तयार भइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण