Health TV Online
Health TV Online
Health TV Online

‘राज्यको विभेदकारी नीतिले पछि पर्यो आयुर्वेद’

‘राज्यको विभेदकारी नीतिले पछि पर्यो आयुर्वेद’

हेल्थ टिभी अनलाइन\बझाङ : सरोकारवालाहरू राज्यको विभेदकारी व्यवहारका कारण आयुर्वेद चिकित्सा पछि परेको बताएका छन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले शुक्रवार जयपृथ्वी नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवालासँग गरेको छलफलका क्रममा उनीहरूले राज्यकै कारण आयुर्वेद पछि परेको धारण राखेका हुन्।

कार्यक्रममा स्वास्थ्य केन्द्रका डा.सूर्य उपाध्यायले पछिल्लो समयमा खानपिन र व्यवहारको कारण नसर्ने रोग बढी देखिएको भन्दै आयुर्वेद पद्धतिबाट उपचार गर्नुपर्ने धारणा राखे। उनले जिल्ला आयुर्वेद कार्यालयमा स्रोत साधन कम भएका कारण प्रभावकारिता नदेखिएको धारणा राखे।

डा. उपाध्ययाले जिल्ला थुप्रै किसिमका बहुमूल्य जडिबुटी रहेको भन्दै तिनको संरक्षण र औषधीय उपयोगमा सरकारले चासो नदिएको बताए। जिल्ला समन्वय प्रमुख खड्क खड्का र जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्का र उपप्रमुख जुना जाग्रीले आनीबानी र खानपानमा परिवर्तन ल्याउनुपर्ने बताए। प्राकृति खानपान र योग ध्यान अँगाल्न सके नसर्ने रोगबाट बच्न सकिने उनको भनाइ छ।

जिल्लामा २०३२ सालमा पहिलोपटक आयुर्वेद औषधालय स्थापना भएको थियो। वार्षिक १० लाख रुपैयाँ मात्र बजेट आउने कारण सेवा प्रभावकारी बनाउन नसकेको कार्यालयको भनाइ छ।

थप समाचार