Health TV Online
Health TV Online
Health TV Online

कोरोनाबाट बच्न हात नमिलाऔँ, नमस्ते गरौँ

कोरोनाबाट बच्न हात नमिलाऔँ, नमस्ते गरौँ

हेल्थ टिभी अनलाइन\काठमाडौं : चीनको वुहानबाट गत डिसेम्बरमा शुरु भएको नोभल कोरोना भाइरस विश्वका ५० बढी देशमा फैलिसकेको छ। यतिखेर विश्व नै कोरोनाको कारण त्रासमा रहेको अवस्था छ।

कोरोना भाइरस सर्ने एउटा माध्यम श्वासप्रश्वास भएकाले यो रोग सर्नबाट जोगिन हामी केही उपाय अपनाउन सक्छौँ। चिकित्सकहरूले कोरोनाबाट बच्न व्यक्ति आफैले पनि केही आनीबानी परिवर्तन गर्न सुझाएका छन्।

पहिलो, मास्कको प्रयोग

मास्कको प्रयोग गरेर केही हदसम्म हामी बच्न सक्छौँ। तर यसको सही प्रयोग भने जरुरी छ। सामान्य मानिसले सर्जिकल मास्क नै लगाउनुपर्छ भन्ने छैन। जुनसुकै मेडिकल मास्क लगाए पनि हुन्छ। तर यसले नाक र मुख राम्ररी छोपिएको हुनुपर्छ।

दोस्रो, रुघाखोकी लागेको छ भने भिडभाडमा नजाने

यदि रुघाखोकी लागेको छ भने सकेसम्म भिडभाडबाट टाढै रहनुपर्छ। यसका साथै हाछ्युँ गर्दा, खाेक्दा राम्ररी नाक–मुख छोप्नुपर्छ। यसले भाइरस भए नजिकको मानिसमा सर्न पाउँदैन। रुघाखोकी लागेका ब्यत्तिबाट आफू पनि सकेसम्म टाढै बस्नुपर्छ ।

तेस्रो, बारम्बार हात धुने

साधारणतया हामी हात त धोइरहन्छौँ। तर कहिलेकाँही हामी हेलचेक्र्याइँ गर्छाैँ वा बिर्सिन्छाैँ। त्यसैले बाहिर कतै गएर आएपछि वा केही कुरा छुनेवित्तिकै साबुनपानीले हात धोइहालौँ। यसले गर्दा भाइरस सर्ने सभ्भावना कम हुन्छ । साथै मौसमी रुघाखोकीमा पनि यो गर्नु लाभदायी हुन्छ ।

चौथो, कसैसँग पनि हात नमिलाउने

हात मिलाउँदा हातमा टाँसिएका किटाणु सजिलै सर्न सक्छन। हाम्रो संस्कार पनि छ, नमस्ते गर्ने। त्यसैलाई अपनाऔँ। हात मिलाउनु कोरोना सर्छ भनेर मात्र हैन अन्य समयमा पनि स्वास्थ्य र सरसफाइका हिसाबले राम्रो मानिंदैन्।

पाँचौँ, जनावरबाट सकेसम्म टाढै बस्ने  र पौष्टिक खानेकुरामा ध्यान दिऔँ। खानेकुरा राम्ररी पकाएर खाने बानी गरौँ। यति मात्र गर्न सकियो भने पनि धेरैहदसम्म कोरोना सर्नबाट बच्न सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार