सुत्केरीलाई पाँच हजारको कोसेली भेट
हेल्थ टिभीअनलाइन\ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच र प्रसूति गराउनेलाई पाँच हजार रुपैयाँ भत्ता दिन थालेको छ।
चारपटक गर्भ जाँच गराई प्रसूति पनि स्वास्थ्य संस्थामै भएमा त्यस्तो रकम पाउने गाउँपालिकाले जनाएको छ। सरकारले सुत्केरीलाई दिने यातायात तथा पोषण खर्च न्यून भएकाले पाँच हजार रूपैयाँ दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष सविता राईले बताइन्। यो रकमले सुत्केरी आमा र बच्चाको पाेषणमा सघाउ पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।
गाउँपालिकाले सुत्केरीलाई दिने रकमलाई कोसेलीभेट नाम दिएको छ। अहिलेसम्म ३२ जनालाई पाँच हजार रुपैयाँ दिएर कोसेली भेट गरेकोउपाध्यक्ष राईले दिइन्।
गाउँपालिकाले २०७६\०७७ मा सुत्केरी कोसेली भेट शीर्षकमा ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको बताएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित