सेनिटरी प्याडले बढायो विद्यालयमा छात्राको उपस्थिति
हेल्थ टिभी अनलाइन\बैतडी : विद्यालयमै सेनिटरी प्याड मेसिन राखिएपछि जिल्लाका सामुदायिक विद्यालयमा छात्राको उपस्थिति नियमित हुन थालेको छ।
महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्रा निशुल्क सेनिटरी प्याड पाइन थालेपछि नियमित रूपमा कक्षामा उपस्थित हुन थालेका हुन्।
डिलाशैनी गाउँपालिका–३ पङसेरास्थित महादेव माविमा गत मंसिरमा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा मेसिन जडान भएको हो। विद्यालयमा करिब एक लाख १५ हजारको लगानीमा मेसिन जडान गरिएको हो। यसैगरी सेनिटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको शौचालय पनि निर्माण भएको छ।
मेसिन जडानपछि छात्राहरू नियमित हुन थालेको प्रधानाध्यापक हेमराज कापडीले बताए। महिनावारी हुने उमेरका छात्रालाई उपलब्ध गराइएको स्मार्ट कार्डको माध्यमबाट आवश्यक परेको बेला मेसिनबाट सेनिटरी प्याड झिक्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए।
गाउँपालिका उपाध्यक्ष पार्वती रानाले चालु आर्थिक वर्षमा अन्य दुई माविमा पनि भेण्डिङ मेसिन जडान गर्ने योजना रहेको जानकारी दिइन्। सरकारले सबै विद्यालयमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरेसँगै यस क्षेत्रका विद्यालयमा मेसिन राख्न थालिएको हो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित