कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरसको रोकथाम तथा निराकरण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा मन्त्रीस्तरीय उच्च समिति गठन गरिएको छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाका लागि उच्च जोखिम रहेको बताएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै समिति गठन गरेका हुन्।
उक्त उच्चस्तरीय समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, स्वास्थ्यमन्त्री र अर्थ र सञ्चारमन्त्री सदस्य रहने छन्।
समिति गठन गर्न बसेको बैठकले कोरोनाका कारण पार्ने असरकावारेमा विस्तृत अध्ययन गरी छलफल एवं व्यापक जनचेतनामूलक कार्यक्रम गर्ने लगायतका निर्णयसमेत गरेको छ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्व नै त्रसित बनिरहेको छ । यो सँगै सरकारले कोरोनाको जोखिमका कारण पर्यटन वर्ष २०२० लाई लक्षित गरेर बनाइएका कार्यक्रम पनि तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण