चिकित्सक नहुँदा भेन्टिलेटर तथा आईसीयू सेवा बन्द
हेल्थ टिभी अनलाइन\सर्लाही : लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आईसीयू सेवा प्रयोगविहीन भएको छ। सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको हो।
प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख रुपैयाँ रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो। नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आईसीयू उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक–पटक ध्यानाकर्षण गरायौँ। तर कार्यान्वयन भएको छैन’,उनले भने।
सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न २०७० सालमा सो केन्द्र स्थापना भएको थियो। गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०\१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ। सर्लाहीको बरथवामा पनि उपचार केन्द्र भए पनि नवलपुरमा बिरामीको चाप बढी छ। हालसम्म उपचार केन्द्रले करिब चार हजार ५०० बिरामीको उपचार गरी सकेको जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित