कोरोना भाइरस संक्रमण : इरानमा २१० जनाले गुमाए ज्यान
इरानमा कोरोना भाइरस संक्रमणका कारण कम्तीमा शनिवारसम्ममा २१० जनाले ज्यान गुमाएका छन्।
मृत्यु हुने अधिकांश राजधानी तेहरानका र कुम शहरका रहेको सञ्चारमाध्यमले जनाएका छन्।
स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको संख्या भन्दा यो छ गुणा बढी भएको बताइएको छ। शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए।
यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए। अमेरिकाले पनि इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस कोरोना भाइरस संक्रमितको संख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण