क्यान्सर विजेता बालबालिकाका लागि ‘आर्ट क्याम्प’
हेल्थ टिभी अनलाइन \काठमाडौं: ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा क्यान्सर विजेता बालबालिकाका लागि ‘आर्ट क्याम्प’ आयोजना गरिएको छ । शनिबार अस्पतालमा आयोजना गरिएको एक दिने उक्त क्याम्पमा बालबालिकालाई विभिन्न खालका चित्र बनाउन सिकाइने अस्पतालले जनाएको छ ।
विभिन्न खालका क्यान्सर लागेका बालबालिका जसले रोगलाई जितिसकेका छन उनीहरुलाई सहभागी गराएर रमाइलोसँगै सिप पनि सिकाउन क्याम्पको आयोजना गरिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन्। उनले भनिन, ‘क्यान्सर लागेका बालबालिका पनि अन्य बालिबालिका जस्तै हुन, उनीहरुले पनि आफूलाई मन लागेका कुरा विभिन्न माध्यमबाट व्यक्त गर्न सक्छन भनेर यो क्याम्प राखिएको हो । यसले बच्चालाई आफू जस्तै अन्य बालबालिका देख्दा रमाइलो पनि महशुस गर्छन्।’

कार्यक्रममा बाल क्यान्सर रोग विशेषज्ञ डा अन्जली पण्डितले बालबालिकाका लागि गरिएको यस्तो खालको कार्यक्रमले उनीहरुमा हौसला बढ्ने बताइन्। यसैगरी अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सरकोवारेमा समाजमा अझै पनि भ्रम रहेको भन्दै यसलाई हटाउन जरुरी रहेको बताए । यसका लागि उनले क्यान्सर विजेताहरु खुलेर बाहिर आउनपर्नेमा जोड दिए ।

चिल्ड्रेन्स आर्ट म्युजियम अफ नेपालका प्रतिनिधिहरुले बालबालिकालाई चित्र बनाउन सिकाएका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित