इरानमा कोरोना संक्रमण : ३४ जनाको मृत्यु
इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै इरानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शुक्रबार ३४ पुगेको छ।
कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ। इरानको सरकारी तथ्यांकलाई आधार मान्दा संक्रमितको संख्या भने ३८८ पुगेको छ।
इरानी अधिकारीका अनुसार इरानमा विगत २४ घण्टामा १४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले बताएका छन्।
खेलाडीको मृत्यु
यसैबीच इरानकी एक महिला खेलाडीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको बताइएको छ। इरानी महिला राष्ट्रिय फुटसल टोलीकी खेलाडी २३ वर्षीया एलहाम शेखीको मृत्यु भएको बताइएको हो।
उनलाई १० दिन अघि अस्पतालमा भर्ना गरिएकोमा बुधवार मृत्यु भएको सरकारी समाचार एजेन्सी रोकनाले उल्लेख गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण