मुख्यमन्त्रीको सन्देश, कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ
हेल्थ टिभी अनलाइन\काठमाडाैं : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन्। शुक्रवार सन्देश जारी गरी मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको बताए।
सन्देशमा उनले छिमेकी मित्रराष्ट्र चीनमा महामारीका रूपमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले त्यहाँ पुर्याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त गरेका छन्।
‘यो भाइरस संसारका विभिन्न ५० भन्दाबढी देशमा फैलिरहेको यथार्थबाट हामी जहाँ रहे पनि अत्यन्तै सावधान र सजग हुनु जरुरी छ’, उनको सन्देशमा भनिएको छ, ‘यस्तो अवस्थामा ती देशमा रहेका नेपाली नागरिकलाई महामारीबाट जोगिन अपनाउनुपर्ने सबै प्रकारका सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछु।’
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो