मुख्यमन्त्रीको सन्देश, कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ
हेल्थ टिभी अनलाइन\काठमाडाैं : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन्। शुक्रवार सन्देश जारी गरी मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको बताए।
सन्देशमा उनले छिमेकी मित्रराष्ट्र चीनमा महामारीका रूपमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले त्यहाँ पुर्याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त गरेका छन्।
‘यो भाइरस संसारका विभिन्न ५० भन्दाबढी देशमा फैलिरहेको यथार्थबाट हामी जहाँ रहे पनि अत्यन्तै सावधान र सजग हुनु जरुरी छ’, उनको सन्देशमा भनिएको छ, ‘यस्तो अवस्थामा ती देशमा रहेका नेपाली नागरिकलाई महामारीबाट जोगिन अपनाउनुपर्ने सबै प्रकारका सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछु।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण