‘दूधजन्य पदार्थमा हानिकारक वस्तु मिसावट गर्न अनुमति दिएका छैनौँ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शिशु दुग्ध आहार लगायत अन्य दुग्धजन्य पदार्थमा अखाद्य तथा हानिकारक वस्तु मिसावट गर्न अनुमति नदिएको प्रष्टीकरण दिएको छ।
दुग्धजन्य शिशु आहारमा विष’ लगायतका समाचार सञ्चारमाध्यममा आएकोमा ध्यानाकर्षण भएको भन्दै विभागले यस्तो प्रष्टीकरण दिएको हो।
विभागले एफएओ डब्लूएचओअन्तर्गत खाद्य पदार्थको अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने संस्थाअन्तर्गतको वैज्ञानिक अनुसन्धान तथा तथ्यको आधारमा र सरकारले निर्धारण गरेका मपदण्डअनुसार सबै प्रकारको खाद्य पदार्थ अनुगमन तथा परीक्षण गर्ने गरेको जनाएको छ।
जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा सचेत रहेको विभागले जनाएको छ। ‘कसैले निर्धारित मापदण्डविपरीत कार्य गरेमा खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ बमोजिम कारबाही हुनेछ’, विभागको ध्यानाकर्षणपत्रमा भनिएको छ।’
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल