तीन जना डाक्टर एघारौँ तहमा बढुवाका लागि सिफारिस
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जना डाक्टरलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ। मन्त्रालयको बढुवा समितिले डा. पिताम्बर सुवेदी, डा. राम पुकार शाह र डा.अभय पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।
डा. सुवेदीलाई पेडियाट्रिक्स समूहबाट प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन, डा. शाह र डा. पोखरेललाई एनेस्थेसियोलोजी समूहबाट प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ।
समितिको सचिवालयले जारी गरेको सूचनामा बढुवा समितिको गत १४ फागुनमा बसेको बैठकले उनीहरुलाई सिफारिस गर्ने निर्णय गरेको उल्लेख छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स