१४ औँ दिनमै घर फर्किन पाउने छैनन् ‘क्वारेन्टाइन’मा रहेकाहरू, अर्काे जाँचकाे रिपाेर्ट आएपछि मात्र जान दिइने
हेल्थ टिभी अनलाइन\काठमाडौं : चीनको वुहानमा रहेका नेपाललाई सरकारले उद्धार गरी ल्याएको आज १२ औं दिन हो। सरसरती हेर्दा उनीहरु घर जान बाँकी दुई दिन छ। तर उनीहरु १४ औं दिनमै भने घर जान पाउने छैनन्। दोस्रो चरणको जाँचको रिपोर्ट नआएसम्म उनीहरू घर जान नपाउने भएका हुन्।
चीनबाट उद्धार गरी क्वारेन्टाइन राखिएका १७५ जनाको दोस्रोपटकको परिक्षण १४ औं दिन अर्थात आगामी शनिबार हुँदैछ। गत फागुन ४ गते उनीहरुलाई कोरोना प्रभावित चीनको वुहानबाट नेपाल ल्याइएको थियो। ल्याएकै दिन बिहान सबै जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको थियो।
पहिलो परिक्षणमा भाइरस नभेटिए पनि कोरोना भाइरसको लक्षण देखिन सुई सातासम्म लाग्ने हुँदा उनीहरूको दोस्रो चरणको परीक्षण गरिन लागेको हो। दोस्रो चरणको परिक्षण नेगेटिभ आएपछि मात्र उनीहरु घर जान पाउने बताउँछन्, स्वास्थ्य मन्त्रालयका सह प्रवत्ता सागर दाहाल ।
‘खुशीको कुरा अहिलेसम्म कसैमा पनि स्वास्थ्यमा समस्या आएको छैन। दैनिक रुपमा ज्स्वास्थ्यकर्मीले ज्वरो नाप्ने कार्य गरिरहेका छ, तर हालसम्म कसैमा पनि ज्वरोको लक्षण समेत देखिएको छैन’, उनले भने। उनले अब १४ औं दिन अर्थात् आगामी शनिबार दोस्रो चरणको जाँचको लागि घाँटीको स्वाबको नमुना संकलन गर्ने बताए। उनले यसको रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने हुँदा उनीहरू १६ वा १७ औं दिनमा मात्र घर जान सक्ने बताए।
उनले कोही व्यक्तिमा रिपोर्ट पोजेटिभ आए सिधै अस्पतालको आइसोलेसन वार्डमा लैजाने बताए। ‘तर यस्तो हुनसक्ने सम्भावना निकै कम छ’, उनले भने।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने