घोराही उपमहानगरपालिकामा ‘आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम’
हेल्थ टिभी अनलाइन\दाङ : जिल्लाको घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि ‘उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम’ शुरू गरेको छ।
उपमहानगरले वडा नं. ४ स्थित लक्ष्मीपुरबाट बुधवार कार्यक्रम शुरू गरेको हो। चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत उपमहानगरको स्वास्थ्य शाखाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा नवशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम शुरू गरेको हो।
गर्भदेखि सुत्केरी अवस्थासम्म चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएका र सरकारी स्वास्थ्य संस्थामै बच्चा जन्माएका आमाहरूलाई उपमहानगरले एक हजार रुपैयाँ खुत्रुकेमा हालेर वितरण गरेको हो।
कार्यक्रममा नगरकी उपप्रमुख सीता सिग्देल न्यौपानेले पहिलो चरणमा आठ सुत्केरीहरूलाई खुत्रुके वितरण गरिन्। खुत्रुके पाएसँगै सुत्केरीहरूले सरकारबाट पाएको एक हजार ८०० रुपैयाँ र उपमहानगरले दिएको एक हजार गरी दुई हजार ८०० रुपैयाँ जम्मा गरेका छन्। याे रकम आमा र शिशुको पोषणमा खर्च हुने जनाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण