‘प्रोटिन फर अल’ नाराका साथ नर्सहरुको प्रतियोगिता हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ‘प्रोटिन फर अल’ भन्ने नाराका साथ नर्सहरुका लागि ‘मिस नेपाल पिस’ प्रतियोगिताको आयोजना हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
मानव जीवनमा पोषणको महत्व नर्सहरु मार्फत बुझाउन र नर्स भित्र रहेका प्रतिभा उजागर गर्न यो कार्यक्रम गर्न लागिएको नेक्स्ट मोडल्सका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले जानकारी दिए । युसेकको प्राविधिक तथा आर्थिक सहयोगमा सातै प्रदेशमा प्रोटिनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने पनि धमलाले जानकारी दिए । उत्त जनचेतनामूलक कार्यक्रम विजेता नर्सहरुको अगुवाईमा हुनेछ ।
सातौं संस्करणको एनलेक्स मिस नेपाल पिसको पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ । जसमा १८ जना नर्सहरु फाइनल राउन्डका लागि छानिएका छन्। त्यसैगरी दोस्रो चरणको अडिसन भने यही फागुण १७ गते र अन्तिम अडिसन २४ गते हुनेछ । प्रतियोगिता चैतको अन्तिम साता काठमाडाैंमा हुने बताइएको छ । छैठौँ प्रतियोगिताकी विजेता नर्स रेस्मा प्रसाईले आफूले टाइटल जितेपछि धेरै कुरा सिक्ने अवसर पाएको र आफूमा आत्मविश्वास बढेको बताइन ।
सातौं संस्करणसम्म आइपुग्दा नर्सहरु ज्वाला पौडेल, सोनिया आचार्य,मिनुष कायस्थ,सनम थाया मगर, श्रेया रजक र रेश्मा प्रसाईले मिस नेपाल पिसको उपाधि जित्न सफल भइसकेका छन्। प्रतियोगितामा प्रथम हुने नर्सले आगामी वर्ष चीनमा हुने मिस वल्र्ड पिसमा भाग लिन पाउने बताइएकाे छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल