शल्यक्रिया हुने स्वास्थ्य चौकीमा छैन रक्त संकलन केन्द्र
हेल्थ टिभी अनलाइन\बागलुङ : प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त संकलन केन्द्र नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन्।
प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने स्वास्थ्य चौकीमा अहिलेसम्म रक्त संकलन केन्द्र स्थापना हुन सकेको छैन। रक्त संकलन केन्द्र नभएका कारण रगतको आवश्यकता भएका बिरामीलाई ९१ किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम बागलुङ धाउनुपर्ने बाध्यता छ।
यहाँ शल्यक्रियामार्फत सुत्केरी हुनेलाई पनि सेवा दिने व्यवस्था छ तर शल्यक्रियापछि आवश्यक पर्ने रगतको माग पूरा गर्न बिरामी वा उनका आफन्तले युवालाई खोज्नुपर्छ। यहाँ रक्त संकलन केन्द्र नभएकाले तत्काल रगत दिनुपर्ने भएमा रक्त समूह मिल्ने व्यक्ति राखेरमात्र शल्यक्रिया गर्नुपर्ने बाध्यता भएको स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक बताउँछन्।
जनसङ्ख्या धेरै भएको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनताको एउटै केन्द्र भएकाले दैनिक डेढ सयसम्म बिरामी उक्त स्वास्थ्य चौकीमा सेवा लिनका लागि आउने अस्पतालका प्रमुख डा. मिलन मल्लले बताए।
यहाँ मासिक १५ जनाले शल्यक्रियाबाट बच्चा जन्माउने गर्छन् । गत वर्ष यहाँ एक हजार ४०० भन्दा बढीले प्रसूति सेवा लिएको तथ्याङ्क छ। वर्षभरि आठ हजारभन्दा बढी अन्य बिरामीले यहाँबाट उपचार र स्वास्थ्य सेवा लिएका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल