‘क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्छ’
हेल्थ टिभी अनलाइन\चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
अस्पताल निरीक्षणपछि मंगलवार प्रतिक्रिया दिँदै थापाले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताएका हुन्। उनले अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने पनि बताए।
यसक्रममा अस्पतालका नवनियुक्त अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य र कानुन अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए।
तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो । त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको राससको समाचारमा उल्लेख छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा