चीनबाट अन्य देशमा फैलिँदै कोरोना : मृत्यु हुनेको संख्या दुई हजार ७०० पुग्यो
हेल्थ टिभी अनलाइन\काठमाडाैं : डिसेम्बरको अन्त्यतिर चीनको वुहान फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई हजार ७०० पुगेको छ। संक्रमणका कारण चीनमा दुई हजार ६६३ र अन्य देशमा ३३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना संक्रमणबाट सोमबारमात्रै चीनमा थप ७१ जनाको मृत्यु भएको छ। चीनबाहिर इरानमा १२, दक्षिण कोरियामा आठ, इटलीमा सात, हङकङमा दुई, जापानमा एक, ताइवानमा एक, फ्रान्समा एक र फिलिपिन्समा एकजनाको मृत्यु भएको छ।
चीनमा संक्रमण दर घट्दै जाँदा दक्षिण कोरिया, इरान, बहराइन र इटलीजस्ता मुलुकमा पनि देखिएको छ। अन्य देशमा भने संक्रमण दर बढ्दै गएको भन्दै विश्व स्वास्थ्य संगठनले सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्ने जनाएको छ।
विश्वका ८० हजार १४८ जनामा यो भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ। चीनमा हालसम्म ७७ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। २७ हजार ३२३ जना निको भई अस्पतालबाट घर फर्किएको जनाइएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो