अस्पताल निर्माण गर्न स्थानीयले दिए सात रोपनी जग्गा
हेल्थ टिभी अनलाइन\जुम्ला : कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ शय्याको अस्पताल निर्माण अघि बढाएको छ।
अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले वडा नं ४ हाडसिञ्जामा सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए। रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयवासीले १५ शय्याको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।
२५ देखि ३० लाख रुपैयाँ मूल्य बराबरको जग्गामा तीन भवन बन्ने छन्। संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको उनले जानकारी दिए।
ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ। जनस्वास्थ्य प्रयोगशाला टेकुबाट चार लाख रूपैयाँ बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ।
जुम्लाका आठै स्थानीय तहमध्ये १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने पहिलो गाउँपालिका कनकासुन्दरी भएको उपाध्यायले जिकिर गरे।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित