कोरोना संक्रमण ठूलो स्वास्थ्य संकट : राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’ भएको बताएका छन्।
संक्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोग नियन्त्रणमा ल्याउन कठिन भएको भन्दै उनले चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी रहेको बताए।
चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सीसीटीभीले प्रसारण गरेको रिपोर्टअनुसार सीले कोरोनाको प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाइ भएका हो।
‘यो हाम्रा लागि एउटा संकट अनि ठूलो परीक्षण हो’,उनले भने।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण