नगरपालिकामा नयाँ स्वास्थ्यचौकी भवन
हेल्थ टिभी अनलाइन\वागलुङ : जैमिनी नगरपालिका–८ छिस्तीमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विनियोजित एक करोड ५६ लाखमा भवन बनेको वडाध्यक्ष विजय अधिकारीले जानकारी दिए।
भवनबाट आइतवारदेखि सेवा दिन थालिएको छ। भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति र औषधि भण्डारलगायतका कक्ष छन्। कर्मचारीको आवास सुविधाका लागि समेत कोठा बनाइएको छ।
नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको स्वास्थ्यचौकी प्रमुख दलबहादुर पुलिसाले बताए। यसअघि जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण