मौसमी फ्लु र कोरोना भाइरसको लक्षण उस्तै देखिने भएकाले मानिसहरू बढी तर्सिए
छिमेकी देश चीनमा श्वासप्रश्वाससम्बन्धी समस्या कोरोना भाइरस अर्थात् कोभिड– १९को प्रकोप छ। दक्षिण कोरियादेखि इरान र इटलीसम्म यसको त्रास फैलिएको छ। नेपालमा कोरोनाको त्रासमा बस्नुपर्ने अवस्था त छैन तर सतर्क रहनुपर्छ।
कोरोनाको खतरा नभए पनि एक सातायता नेपालमा मौसमी फ्लु बढेको छ। ‘सिजनल इन्फ्लुएन्जा’लाई हामी मौसमी फ्लु भन्छौँ। यो चिसोयाममा देखिने समस्या हो। अहिले बढी नै देखिएको छ। मौसमी फ्लु विशेषगरी जाडो शुरु हुने र जाडो सकिने वेलामा देखिन्छ। कोरोना संक्रमणको त्रासले अस्पतालमा जँचाउन आउनेको संख्या वृद्धि भएर पनि अहिले बिरामीको संख्या बढी देखिएको हुनुपर्छ।
टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि मौसमी फ्लुका बिरामी उल्लेख्य रूपमा बढेका छन्। मौसमी फ्लु र कोरोना भाइरसको लक्षण उस्तै देखिने भएकाले गर्दा मानिसहरू त्रासमा रहन्छन्। त्रासमा बस्नुभन्दा सम्बन्धित विशेषज्ञकहाँ गएर परामर्श लिनु र उपचारमा लाग्नु बुद्धिमानी हुन्छ।
मौसमी फ्लुबाट बच्न सरसफाईमा जोड दिनुपर्छ। यो वेला विशेषगरी दीर्घरोग भएका साथै श्वासप्रश्वास र दम समस्या भएका बिरामीले विशेष सतर्कता अपनाउनुपर्छ। सामान्य खालको रुघाखोकी जस्ता समस्या देखिए सम्बन्धित चिकित्सकसँग जँचाउन जानुपर्छ। हेलचेक्र्याइँ गरे निमोनियाले पनि समाउन सक्छ।
मौसमी रुघाखोकीबाट बच्ने सबैभन्दा पहिला उपाय भनेको मौसमी रुघाखोकीको खोप (एन्टीफ्लु भ्याक्सिन) हो। ६० वर्षभन्दा माथि उच्च जोखिममा परेका व्यक्तिले यो खोप लगाउन आवश्यक छ। फ्लुबाट हुन सक्ने जोखिम खोपले रोकथाम गर्छ। यो हरेक फार्मेसीमा उपलब्ध हुन्छ।
टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रवक्ता बास्ताेलासँगकाे कुराकानीमा आधारित





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित