भत्ता नपाइने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने घटे
हेल्थ टिभी अनलाइन\महोत्तरी : प्रोत्साहन भत्ता नपाइने भएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या घटेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले गत असोजदेखि सुत्केरी भत्ता उपलब्ध गराएको छैन। यही कारण यहाँ प्रसूति गराउनेको संख्या घटेको स्वास्थ्य संस्थाका अनमी विन्दु साहले बताइन्।
पहिले दिनहुँ पाँच जनाले प्रसूति सेवा लिने गरेकाेमा पछिल्लो समयमा क्रमिक रूपमा सेवाग्राही आउन छाडेका छन्। गाउँपालिकाको कार्यालयमा अनेकौँ पटक जानकारी गराउँदा समेत कुनै चासो नदेखाएको अस्पताल व्यवस्थापन समितिका सदस्य रामजपु यादवले बताए।
गाउँपालिका परिषद् बैठक ढिलो भएका कारण सुत्केरीले पाउनुपर्ने भत्ता अहिलेसम्म नपाएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष मदन यादवले स्वीकार गरे।
केही दिनमै प्रोत्साहन भत्ता उपलब्ध गराइने प्रशासकीय अधिकृत रामजी जोशीले जानकारी दिए। गाउँपरिषद् विवादका कारण बजेट विनियोजन हुन नसकेकाले तलब र भत्ता गाउँपालिकाबाट उपलब्ध गराउन नसक्दा यस्तो समस्या सिर्जना भएको अधिकृत जोशीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण