भत्ता नपाइने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने घटे
हेल्थ टिभी अनलाइन\महोत्तरी : प्रोत्साहन भत्ता नपाइने भएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या घटेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले गत असोजदेखि सुत्केरी भत्ता उपलब्ध गराएको छैन। यही कारण यहाँ प्रसूति गराउनेको संख्या घटेको स्वास्थ्य संस्थाका अनमी विन्दु साहले बताइन्।
पहिले दिनहुँ पाँच जनाले प्रसूति सेवा लिने गरेकाेमा पछिल्लो समयमा क्रमिक रूपमा सेवाग्राही आउन छाडेका छन्। गाउँपालिकाको कार्यालयमा अनेकौँ पटक जानकारी गराउँदा समेत कुनै चासो नदेखाएको अस्पताल व्यवस्थापन समितिका सदस्य रामजपु यादवले बताए।
गाउँपालिका परिषद् बैठक ढिलो भएका कारण सुत्केरीले पाउनुपर्ने भत्ता अहिलेसम्म नपाएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष मदन यादवले स्वीकार गरे।
केही दिनमै प्रोत्साहन भत्ता उपलब्ध गराइने प्रशासकीय अधिकृत रामजी जोशीले जानकारी दिए। गाउँपरिषद् विवादका कारण बजेट विनियोजन हुन नसकेकाले तलब र भत्ता गाउँपालिकाबाट उपलब्ध गराउन नसक्दा यस्तो समस्या सिर्जना भएको अधिकृत जोशीले बताए।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स