कोरोनाको असर: थाइल्यान्डको पर्यटन उद्योग नराम्ररी प्रभावित
थाईल्यान्डमा वर्षभरि नै पर्यटकहरूको चहलपहल हुन्छ। अझ नोभेम्बरको अन्त्यदेखि एप्रिलको आरम्भसम्मको समय पर्यटनका लागि विशेष मानिन्छ। त्यो अवधिमा पर्यटकहरू सुक्खा मौसम र ठिक्कको तापक्रमबाट आकर्षित भई थाईल्यान्डका धार्मिक स्थल, समुद्री तट तथा रिजोर्टतिर घुम्न जान्छन्।
तर हिजोआज थाईल्यान्डका प्रमुख गन्तव्य स्थलहरूको कथा फरक छ। चर्चित र कुनै बेला निकै व्यस्त रहने गरेका ठाउँहरू शान्त र निर्जीव देखिन्छन्।ब्याङ्कक, पताया, फुकेट र चियाङ माई सहरमा कुनै बेला अभिन्न मानिने चिनियाँ पर्यटकहरू हिजोआज देखिँदैनन्।
पछिल्लो समय थाईल्यान्डको पर्यटन उद्योग मात्रै नभई त्यहाँको जनस्वास्थ्य पनि नराम्ररी प्रभावित भएको छ। चिनियाँ मुख्य भूभागबाहिर कोभिड(१९ अर्थात् नयाँ कोरोनाभाइरसको सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकको सूचीमा थाईल्यान्ड पाँचौँ स्थानमा छ।
चिनियाँ पर्यटकमाथि एकदमै भर पर्ने थाईल्यान्डको पर्यटन उद्योगलाई अहिले कोरोना भाइरसका कारण ठूलो झट्का लागेको छ।
बीबीसीबाट:
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा