बर्दियामा दादुरा–रुबेला खोप अभियान
हेल्थ टिभी अनलाइन\बर्दिया : जिल्लामा पनि दादुरा–रुबेला खोप अभियान बर्दियामा शुरु भएको छ। पहिलो चरणमा ६ स्थानीयमा खोप अभियान चलाइएको हो।
देशभर फागुन १ देखि खोप अभियान सञ्चालन भए पनि बर्दियामा भने बुधबारदेखि शुरु भएको बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए।
बर्दियामा पहिलो चरणमा ३८० खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ। बर्दियामा पहिलो चरणमा ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा खोप लगाइने छ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा फागुन २० देखि दोस्रो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।
बर्दियामा ४८ हजार २२७ मध्ये पहिलो चरणमा ३८ हजार ५६७ जनालाई पोलियो थोपा र ४० हजार ६०३ मध्ये ३२ हजार ६३८ जनालाई दादुरा रुबेला खोप लगाइने चौधरीले बताए। खोप अभियान सफल बनाउन बर्दियाका आठवटै स्थानिय तहले सहयोग गरिरहेका छन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित