बर्दियामा दादुरा–रुबेला खोप अभियान
हेल्थ टिभी अनलाइन\बर्दिया : जिल्लामा पनि दादुरा–रुबेला खोप अभियान बर्दियामा शुरु भएको छ। पहिलो चरणमा ६ स्थानीयमा खोप अभियान चलाइएको हो।
देशभर फागुन १ देखि खोप अभियान सञ्चालन भए पनि बर्दियामा भने बुधबारदेखि शुरु भएको बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए।
बर्दियामा पहिलो चरणमा ३८० खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ। बर्दियामा पहिलो चरणमा ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा खोप लगाइने छ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा फागुन २० देखि दोस्रो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।
बर्दियामा ४८ हजार २२७ मध्ये पहिलो चरणमा ३८ हजार ५६७ जनालाई पोलियो थोपा र ४० हजार ६०३ मध्ये ३२ हजार ६३८ जनालाई दादुरा रुबेला खोप लगाइने चौधरीले बताए। खोप अभियान सफल बनाउन बर्दियाका आठवटै स्थानिय तहले सहयोग गरिरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण