दक्षिण कोरियामा कोरोना संक्रमितको मृत्यु
दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमण भएका पहिलो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो।
संक्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ। अधिकारीहरूले देशभर झण्डै १०० जनामा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने अनुमान गरेका छन्। बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन्। उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ ।
उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढापर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो। दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको उल्लेख छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण