महेन्द्र श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी, डा रोशन मन्त्रालय तानिए
हेल्थ टिभी अनलाइन \काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशककाे जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले उनलाई विभागको निमिक्त महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि उनी समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता समेत रहेका थिए ।
श्रेष्ठलाई विभागको निमिक्त महानिर्देशकको जिम्मेवारी दिएपछि विभागका महानिर्देशक डा रोशन पोखरेललाई भने मन्त्रालयमा तानिएको छ।
यसैगरी मन्त्रालयको निति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटालाई स्वास्थ्य समन्वय महाशाखामा सरुवा गरिएको छ भने उनको स्थानमा डा गुणराज लोहनीलाई ल्याइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण