महेन्द्र श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी, डा रोशन मन्त्रालय तानिए
हेल्थ टिभी अनलाइन \काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशककाे जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले उनलाई विभागको निमिक्त महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि उनी समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता समेत रहेका थिए ।
श्रेष्ठलाई विभागको निमिक्त महानिर्देशकको जिम्मेवारी दिएपछि विभागका महानिर्देशक डा रोशन पोखरेललाई भने मन्त्रालयमा तानिएको छ।
यसैगरी मन्त्रालयको निति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटालाई स्वास्थ्य समन्वय महाशाखामा सरुवा गरिएको छ भने उनको स्थानमा डा गुणराज लोहनीलाई ल्याइएको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा