गर्भवती र सुत्केरीलाई हातमा अण्डा, घरमा झण्डा!
हेल्थ टिभी अनलाइन\स्याङ्जा : वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ।
वडा कार्यालयले वडाभित्रका ११७ आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक\एक क्यारेट अण्डा वितरण गरेको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिए।
‘अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ’, उनले भने, ‘नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छौँ।’
गर्भवती तथा जन्मिने शिशुको पोषण स्थितिमा सुधार ल्याउनका कार्यक्रम प्रभावकारी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए। ‘गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्न वडाले थालेको छ’, उनले भने, ‘गर्भ जाँच तथा संस्थागत सुत्केरी हुनेको संख्या वृद्धि हुने र दुई वर्षसम्मका बच्चाको वृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्नेछ।’
‘हातमा अण्डा घरमा झण्डा’ अभियानअन्तर्गत गर्भवतीको घरमा रातो झण्डा र बच्चा जन्मेदेखि दुई वर्षसम्मको घरमा हरियो झण्डा राख्न थालिएको छ। वडाले थालेको यो अभियान प्रभावकारी देखिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै