१५ शय्याको अस्पताल बन्दै
हेल्थ टिभी अनलाइन\डाेटी : जिल्लाको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल बन्ने भएको छ।
जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइने भएको हो। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम छ। जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शय्याका अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीयवासी खुशी भएका छन्।
उक्त कामका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने जनाइएको छ। त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँगको राय एवं परामर्शपछि कार्यविधि तयार गरी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइनेछ। उक्त व्यवस्थालाई कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकारभित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई १५ र २५ शय्यामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए।
सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्न लागिएको छ। जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शय्याका अस्पताल बन्ने भएपछि यहाँ निकै खुशी छाएको स्थानीयवासी बमबहादुर बमले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण