स्वास्थ्यमन्त्री ढकालले गरे ‘क्वारेन्टाइन’ स्थलको निरीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइन स्थल निरीक्षण गरेका छन्। तीनदिन अघि कोरोना प्रभावित चीनबाट उद्धार गरी ल्याइएका १७५ जना राखिएको क्वारेन्टाइनस्थलको जानकारी लिन मंगलबार स्वास्थ्यमन्त्री ढकाल खरिपाटी पुगेका हुन्।
क्वारेन्टाइनमा रहेका बेला कसैले पनि भेट्न पाइने व्यवस्था नभएकाले स्वास्थ्यमन्त्री ढकालले कन्ट्रोल रुमबाट नै सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मन्त्री ढकालले सबैलाई नआत्तिन आग्रह गरे । उनले सरकार आफना नागरिकको स्वास्थ्यप्रति सचेत रहेको र उनीहरुको सुरक्षाका लागि सधैं एक कदम अघि रहने आश्वासन समेत दिए । उनले क्वारेन्टाइनमा बस्दा केही अप्ठेरो नहुने गरी सबैको व्यवस्था गरिएको भए पनि केही समस्या भए तुरुन्त खबर गर्न जिकीर गरे ।
मन्त्री ढकालसँगै मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख सागर दाहाल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंह लगायत गएका थिए ।
चीनबाट उद्धार गरी ल्याएकाहरुलाई क्वारेन्टाइनमा २ साता रहनुपर्ने मापदण्डका कारण उनीहरु खरिपाटीमा बस्ने ब्यवस्था गरिएको छ । उनीहरुमा हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना परीक्षणको रिपाेर्ट भने बुधबारसम्म आउने बताइएको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !