डिसेम्बरमा ‘धूमपानरहित शहर’ घोषणा गर्न भरतपुर महानगरपालिकाको तयारी
हेल्थ टिभी अनलाइन\चितवन : भरतपुर महानगरपालिका यसै वर्ष डिसेम्बरदेखि ‘धूमपानरहित शहर’ बन्ने भएको छ। विशेष समारोह गरी औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ।
भरतपुरलाई धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरेको महानगरप्रमुख रेणु दाहालले बताइन्। गत असाेजमा इण्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उनले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेकी थिइन्।
बोगरमा भएको प्रतिबद्धतालाई समयमै कार्यान्वयनमा ल्याउने महानगर प्रमुख दाहालले बताइन्। हालै सूचना प्रकाशन गरी भरतपुर महानगरमा सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरेको पनि उनले जानकारी दिइन्।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र