कोरोना भाइरस संक्रमण : अस्पतालका निर्देशकको मृत्यु
कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको वुहानस्थित एक अस्पतालका निर्देशकको मृत्यु भएको छ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको जनाएको हो। उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालले बताएको छ।
गत वर्षको अन्त्यतिर वुहानमा पहिलोपटक देखिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।
उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन्। यही प्राणघातक जीवाणुका कारण वुहानमा यसअघि नै कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ।
यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेन लियाङको मृत्यु भएको थियो। वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण