प्रदेश १ मा दादुरा–रुबेला र पोलियो खोप अभियान शुरु
हेल्थ टिभी अनलाइन\ विराटनगर : प्रदेश १ ले दादुरा–रुबेला र पोलियो खोप अभियान शुरु गरेको छ।
अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खाेप लगाइने र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो थाेपा खुवाइनेछ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार मोरङको कटहरीमा स्थानीय दुई वर्ष चार महिनाकी बालिका नित्या साहलाई पोलियो थोपा खुवाउँदै दादुरा रुबेला खोप अभियान तथा नियमित खोप कार्यक्रम–२०७६ आरम्भ गरे ।
मन्त्री घिमिरेले बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधिले साथ दिनुपर्ने बताए। स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाका भरत भण्डारी, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले अभियान सफल बनाउनुपर्नेमा जोड दिए।
प्रदेश १ मा चार लाख २७ हजार १२ बालबालिकालाई दादुरा–रुबेला र तीन लाख पाँच हजार ३४२ लाई पोलियो खुवाउने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए।
यसका लागि आठ हजार १५२ खोप केन्द्र, त्यति नै संख्यामा स्वास्थ्यकर्मी र १६ हजार ३०४ स्वयंसेवक परिचालन हुने उनले बताए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै