पर्वतमा पनि स्वास्थ्य बिमा
हेल्थ टिभी अनलाइन\पर्वत : पर्वतमा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। सोमबार जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा सदस्यता दर्ता शुरु गरिएको हो।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेललाई ‘स्वास्थ्य बीमा सदस्यता परिचयपत्र’ वितरण गरेर कार्यक्रम आरम्भ गरे। बिमाका लागि जिल्लाका स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ । जिल्लाका ६१ वडामा एक\एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो।
स्वास्थ्य बिमाका लागि पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय तिर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए। बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने जनाइएको छ। साथै बिमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।
त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख र पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य २० हजार थप गरी दुई लाखसम्मको स्वास्थ्य सेवा गर्न पाउने व्यवस्था गरिएको छ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !