विदेशी अस्पतालका काेमामा छन् २२ नेपाली
हेल्थ टिभी अनलाइन\काठमाडाैं : वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका २२ नेपाली कोमामा छन्। वैदेशिक रोजगार बोर्डकाे तथ्यांकले यस्ताे देखाएकाे हाे। कामका वेला दुर्घटनामा परेपछि विभिन्न समयमा उनीहरूलाई अस्पताल लगेर काेमामा राखिएकाे हाे।
विदेशस्थित विभिन्न कुटनीतिक नियोगमार्फत बोर्डले संकलन गरेको तथ्यांकअनुसार खाडीका विभिन्न ९ मुलुकका अस्पतालमा २२ नेपाली कोमामा छन्। गम्भीर बिरामी भएर कतारमा १३ नेपाली कोमामा छन्। साउदी अरबमा ७ र कुवेतमा २ नेपाली कोमामा छन्।
गत असारसम्म २४ जना कोमामा थिए। त्यसयता दुईजना नेपाल फर्काइएका छन्। गत असार र भदौमा गरी दुईजनालाई नेपाल फर्काइएको बोर्डका सूचना अधिकारी दिलबन्धु सुवेदी बताउँछन्। उनका अनुसार कोमामा पुगेका नेपालीहरु अधिकांश पुरुष छन्। दुई जना मात्र महिला छन्।
सुवेदीका अनुसार विदेशस्थित अस्पतालको कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन निकै कठिनाइ हुने गरेको छ। धेरैजसो अवैध रूपमा काम गरिरहेका हुन्छन्। कागजात नपुग्दा उनीहरूलाई नेपाल ल्याउन कठिनाइ हुने गरेको छ। नेपाल ल्याए परिवारकाे आर्थिक अवस्थाका कारण पनि उनीहरूलाई फर्काउन गाह्रो हुने बताइन्छ।
प्रतीकात्मक तस्विर





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित