Health TV Online
Health TV Online
Health TV Online

सुधारिँदै डडेल्धुरा अस्पतालको सेवा

सुधारिँदै डडेल्धुरा अस्पतालको सेवा

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : डडेल्धुरा अस्पतालमा बन्द रहेका सेवा विशेषज्ञ चिकित्सक आउन थालेपछि पुनः सञ्चालनमा आउन थालेका छन्। समायोजनसँगै चिकित्सकविहीन बनेको अस्पतालमा विशेषज्ञ आएसँगै सेवा पुनः सञ्चालनमा आएका हुन्।

सुदूरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र अस्पतालमा चिकित्सकको अभावका कारण सेवा प्रभावित भएका वेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृतितर्फका चार विशेषज्ञ चिकित्सक पठाएको हो।

अहिले अस्पतालमा नौजना विशेषज्ञ चिकित्सक रहेका छन्। तीमध्ये दुई स्त्रीरोग विशेषज्ञ, एक हाड जोर्नी, एक जनरल फिजिसियन, एक दन्तरोग विशेषज्ञ, एक एनेस्थेसिया, दुई बालरोग र एकजना एमडीजीपी छन्। विशेषज्ञ चिकित्सक आएसँगै हाडजोर्नी, बालरोग, महिला तथा प्रसूति रोग, इन्डोस्कोपीसहित जनरल शल्यक्रिया सेवा सञ्चालन भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए।

मन्त्रिपरिषद्ले गत २०७५ फागुन ३ को निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी स्तरोन्नति गर्ने निर्णय गरेको थियो।रिएको थियो। हाल डडेल्धुरा अस्पतालमा २० विशेषज्ञ चिकित्सक, १९ मेडिकल अफिसर, ३० स्टाफ नर्स गरी १०९ जनाको दरबन्दी छ। डडेल्धुरा अस्पतालले लामो समयदेखि दरबन्दी अनुसारकाे चिकित्सक पाएको छैन। अस्पतालमा ११औं तहको मेडिकल सुपरिटेन्डेन्टसमेत छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार