‘क्वारेन्टाइन’मा राखिएकाहरूको कोरोना परीक्षण २४ घण्टाभित्रै
काठमाडौं : चीनबाट उद्धार गरेर भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएकाहरूको कोरोना परीक्षण २४ घण्टाभित्रै गरिने भएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनीहरुको थ्रोट स्वाब अर्थात् घाँटीको र्याल परीक्षण गर्ने भएको हो। उनीहरूलाई नेपाल ल्याउनासाथ परीक्षण गर्ने र जाने दिन पनि सोही परीक्षण गर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम नै परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए।
सरकारले चीनको वुहानमा रहेका १७५ जनालाई उद्धार गरी आइतबार बिहान नेपाल ल्याएको हो। नेपाल आउनका लागि १८५ जनाले फाराम भरेको भए पनि ६ जनालाई ज्वरो आएका कारण आउन पाएनन् भने ४ जना आफूखुशी आएनन्।
स्वास्थ्यमा कुनै खराबी नदेखिएपछि उनीहरूलाई विमानस्थलबाट सिधै खरिपाटी लगिएको थियो। ‘त्यसो त लक्षण नदेखिएसम्म कोरोना परीक्षण आवश्यक छैन’, दाहालले भने, ‘तर उनीहरू कोरोना अति प्रभावित स्थानबाट आएका र क्वारेन्टाइनमा रहेकाले पनि यो अनिवार्य परीक्षण गर्न लागिएको हो।’ १४ दिनपछि घर फर्काउने वेला यही परीक्षण गरेर क्रस चेक गरिने पनि उनले बताए।
क्वारेन्टाइनमा हरेक दिन दुईपटक सम्म ज्वरो नापिने र केही समस्या देखिए टेकु, पाटनलगायत अस्पतालको आइसोलेसन वार्डमा सारिने पनि सहप्रवक्ता दाहालले जानकारी दिए।
क्वारेन्टाइनमा रहुञ्जेल उनीहरूले परिवार वा आफन्त कसैलाई पनि भेट्न पाउने छैनन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित