बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार ५५५
काभ्रे : पनौती नगरपालिका वडा नं. ७ स्थित पनाैती स्वास्थ्यचाैकीमा रहेकाे बर्थिङ सेन्टरमा पहिलोपटक प्रसूति गराउने एक महिलालाई पाँच हजार ५५५ रुपैयाँ प्रदान गरिएको छ।
केही महिनाअघि मात्र सञ्चालनमा आएको बर्थिङ सेन्टरमा पहिलोपटक सुत्केरी हुने खानिखोला गाउँपालिकाकी सुस्मिता रुम्बालाई वडासदस्य रकम प्रदान गरेका हुन्। बर्थिङ सेन्टर उद्घाटनको समयमा गरेको प्रतिबद्धतास्वरूप आफूले सुत्केरीलाई रकम प्रदान गरेको उनले बताए।
प्रत्येक गर्भवतीले नियमित स्वास्थ्य संस्थामा परीक्षण गराउन् र अस्पतालमै सुत्केरी हुन् भन्ने प्रेरणा दिन आफूले रकम दिएको उनको भनाइ छ। गत बुधबार बर्थिङ सेन्टरमा नगरप्रमुख भीम न्यौपाने नगरपालिकाका स्वास्थ्य प्रमुख पुरुषोतम तिमल्सिनाको उपस्थितिमा उनले रुम्बालाई रकम प्रदान गरेका हुन्।
सोही अवसरमा रुम्बालाई नियमित गर्भ परीक्षण गरे बापत नेपाल सरकारबाट २८ सय रुपैयाँ र पनौती नगरपालिकाको तर्फबाट यातायात खर्च एक हजार रुपैयाँ प्रमुख न्यौपानेले प्रदान गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण