नेपाल जनस्वास्थ्य संघ गण्डकीको साधारण सभा सम्पन्न
कास्की : नेपाल पब्लिक हेल्थ एसोसिएसन (नेफा) गण्डकी प्रदेशको प्रथम वाार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिवार सम्पन्न कार्यक्रममा नेफा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पौडेलले प्रदेशकै सशक्त जनस्वास्थ्य सरोकारवाला संस्था बनाउन लागिपरेको बताए।
स्वास्थ्यकर्मीहरू राजनीतिक आस्थाभन्दा माथि उठेर पेशागत हक हितका साथै जनताको स्वास्थ्य अवस्था माथि उठाउन लाग्नुपर्ने उनकाे भनाइ छ। कार्यक्रममा वर्षभरका गतिविधि तथा भावी योजनामा रहेका कार्यक्रमको प्रस्तुति दिइएको थियो।
कार्यक्रमका सहभागीहरूले हरेक महिना जनस्वास्थ्य संघले पोखरा विश्वविद्यालयसँग सहकार्य गरेर निरन्तर जनस्वास्थ्य शिक्षा (सीपीएचई) सेसन सञ्चालन गर्नुपर्ने बताए। यस्तै भर्खर स्नातक वा स्नातकोत्तर सकेका जनस्वास्थ्य सेवामा नवप्रवेशीलाई आफ्ना गतिविधिहरूमा सहभागी गराउन र पेशागत दक्षताका कार्यक्रममा सहभागी गराउन उनीहरूले नेफासँग आग्रह गरे।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित