Health TV Online
Health TV Online
Health TV Online

वुहानबाट आएका १७५ जनालाई लगियो क्वारेन्टाइनस्थल खरिपाटी

वुहानबाट आएका १७५ जनालाई लगियो क्वारेन्टाइनस्थल खरिपाटी

काठमाडौं:  लगभग तीन साताको तयारीपछि कोरोना भाइरसको उदगमस्थल चीनको हुवेई प्रान्तस्थित वुहानबाट उद्धार गरेर १७५ जनालाई नेपाल ल्याइएको छ । उनीहरुलाई त्रिभुवन विमानस्थलबाट स्वास्थ्य परिक्षण गरी सिधै क्वारेन्टाइनस्थल भत्तपुरको खरिपाटी लगिएको हो ।

उनीहरु विहान करीब ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलमा रहेको हेल्थ डेस्कले जाँच गर्दा कसैलाई पनि ज्वरो आउने खोकी लाग्ने नपाइएकाले उनीहरु सबै जनालाई क्यारेन्टाइनमा पठाइएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले बताए । उनीहरुलाई १४ दिनसम्म क्यारेन्टाइनमै राखी निगरानी गरिने पनि उनले जानकारी दिए ।

नेपाल आउनका लागि अन्तिम समयसम्म १८५ जना नेपालीले फारम भरेको भए पनि ६ जनालाई ज्वरो आएका कारण आउन पाएनन भने ४ जनाले आउन नचाहेको बताइएको छ । कोरोना प्रभावित चीनबाट आफूहरुलाई उद्धार गर्न नेपालीहरुले त्यहाँस्थित दुतावासमा निवेदन दिएका थिए । सोही बमोजिम सरकारले उनीहरुलाई उद्धार गरेर ल्याएको हो । क्यारेन्टाइन अवधीभर उनीहरुलाई परिवारसँग पनि भेट गर्न दिइने छैन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार