कोरोना भाइरस संक्रमण : फ्रान्समा पनि एकको मृत्यु
कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ। एसिया महादेशभन्दा बाहिर यो भाइरसको संक्रमणबाट भएको यो नै पहिलो मृत्यु हो ।
शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले ८० वर्षीय एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका हुन्।
बुजिनका अनुसार फ्रान्समा कोरोना संक्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।
‘फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित अस्पतालमा एकान्तमा राखी उपचार गरिएको थियो’, बुजिनले भने, ‘केही दिन यता उनको स्वास्थ्य अवस्था निकै बिग्रिएको थियो। चिकित्सकको अथक प्रयासका वाबजुत बचाउन सकिएन।
चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी चार जनाको मृत्यु भएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो