एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण, छ जनाको मृत्यु
चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले बताएको छ। यो संख्या फेब्रुअरी ११ सम्ममा संक्रमण पुष्टि भएका बिरामीको ३.८ प्रतिशत हो ।
एनएचसीका उप–निर्देशक चेन यिक्सिनले शुक्रवार पत्रकार सम्मेलनमा भने, ‘संक्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ।’ कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या मृतकको ०.४ प्रतिशत रहेको उनले बताए।
संक्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी दिएको छ। हुबेईको प्रान्तीय राजधानी वुहान शहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी संक्रमित रहेका उप–निर्देशक चेनले बताए।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?