यसरी ल्याइँदैछ कोरोना प्रभावित वुहानबाट नेपाली
विमानस्थलबाट क्वारेन्टाइनस्थल सम्म जान ५ वटा एम्बुलेन्स र ५ वटा बसको प्रयोग हुने
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित चीनबाट नेपालीलाई ल्याउने अन्तिम तयारी सकिएको बताएको छ । सरकारले यसअघि नै चीनको वुहानमा रहेका १८० जना नेपालीलाई शनिबार उद्धार गरी ल्याउने निर्णय गरे बमोजिम तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले बताए ।
उनले शनिबार जहान चीन जाने भए पनि समय भने तोकी नसकेको बताए । उनले भने, ‘शनिबार चीन जानका लागि स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको छ । तर समय भने फिक्स भएकाे छैन्। दाहालले वुहानमा रहेका नेपालीलाई उद्धार गर्न चीन जाने जहाजमा एक जना चिकित्सक सहित ४ जना स्वास्थ्यकर्मी जाने पनि जानकारी दिए । चीन जाने टोलीको नेतृत्व नेपाल प्रहरीका डीएसपीले गर्नेछन्।
त्यसका साथै जहाजमा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जहाजका क्रु मेम्बर र स्वास्थ्यकर्मीले विशेष तालिम लिइसकेको पनि उनले जानकारी दिए । उनले भने, ‘त्यहाँ जानेले विशेष तालिम लिएका छन । जहाजमा के गर्ने के नगर्ने भन्ने विषयमा र अन्य प्रक्रियाबारे पनि छलफल भइसकेको छ । आरेन्टेसन पनि सोही बमोजिम दिइसकिएको छ । जो स्वास्थ्यकर्मी चीन जान्छन तिनै स्वास्थ्यकर्मी क्वारेन्टाइनस्थलमा पनि रहने जनाइएको छ ।
जहाजमा आउने यात्रुलाइ आवश्यक पर्ने सामग्री, सूचना सबैको जिम्मा स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले गरेको छ । दाहालका अनुसार विमानस्थलमा पाँचवटा हेल्थ डेस्क राखिनेछन्। जसमा आवश्यक पर्ने कोरोनासँग सम्बन्धित डकुमेन्ट सूचना सबै उपलब्ध हुनेछन्।
विमानस्थलबाट क्वारेन्टाइनस्थल सम्म जान ५ वटा एम्बुलेन्स र ५ वटा बसको प्रयोग हुने
चीनबाट नेपालीहरुलाई विमानस्थल झरेपछि स्क्रिनिङ गरिनेछ । जसमा कसैलाई ज्वरो आएको खोकी लागेको भेटिएमा त्यहाबाट सिधै अस्पताल लगिनेछ । विमानस्थलमा स्क्रिनिङको जिम्मा अर्थात नेतृत्व नेपाली सेनाका डाक्टरले लिएका छन्। स्वस्थ ब्यक्तिहरुलाई भने विमानस्थलबाट सिधै क्यारेन्टाइनस्थल खरिपाटी लागिनेछ । क्वारेन्टाइनस्थलको सम्पूर्ण जिम्मा अर्थात उक्त स्थलको इन्सिडेन्ट कमान्ड समाल्ने काम नेपाली सेनाका एक जना डाक्टर र स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका एक जना डाक्टरले लिएका छन्।
चीनबाट नेपालीलाई ल्याएर क्यारेन्टाइनमा राख्नेसम्मको प्रक्रियामा प्रत्यक्ष रुपमा २५ जना स्वास्थ्यकर्मी खटिने दाहालले जानकारी दिए । १४ दिन क्वारेन्टाइनमा बस्दा अभिभावक लगायत बाहिरी मानिसलाई भेट्न दिइने छैन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने