बाजुरामा फैलिएको संक्रमण भाइरल इन्फ्लुयन्जा
बाजुरा : जिल्लाको हिमाली र स्वामिकात्तिक गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फ्लुयन्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ। चार जनाको ल्याब नमुना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण इन्फ्लुयन्जा ‘ए’ भाइरस रहेको प्रमाण भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको संक्रमण इन्फ्लुयन्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। संक्रमण हप्ता दिनसम्म हिमाली गाउँपालिकाको बोल्डिक र स्वामिकात्तिक गाउँपालिकाको जोरूपमा फैलिएको थियो।
संक्रमणका कारण एक हजार २०० भन्दा बढी बिरामी परेका थिए। संक्रमणकै कारण दुईजनाकाे मृत्यु भएको थियो। स्वास्थ्यकर्मीले एक हप्तामा एक हजार १७० जनाको उपचार गरेका थिए।
परीक्षण गरिएका चारमध्ये दुई जनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकलाई इन्फ्लुयन्जा बी भाइरस पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए। संक्रमण हाल पूर्णरूपमा नियन्त्रणमा आइसकेको हिमालीका स्वास्थ्य संयोजक राज भण्डारीले जानकारी दिए।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो